नबिल ‘फोनलोन’ बाट बिना धितो ऋण लिन पाइने

नबिल बैंकले ‘नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजिटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ ।
यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकामा त्यसलाई बढाएर अब २ लाख रूपैयाँ पुर्याइएको बैंकले जनाएको छ । यसका अतिरिक्त यस्तो लोन लिन योग्य समूहको दायरा पनि केही बढाइएको पनि बैंकले जानकारी दिएको छ ।
नबिलका अनुसार फोनलोनको अवधारणा कार्यान्वयनमा ल्याउने देशकै पहिलो बैंक हो । अब नबिलमा नियमित बचत खाता सञ्चालन गर्ने ग्राहक तथा नबिलसँग आबद्ध क्यूआर मर्चेन्टहरू पनि फोनलोनका लागि योग्य हुनेछन् । यसअघि नबिलमा तलब खाता भएकाहरूले मात्र यस्तो ऋणको सुविधा पाइरहेका थिए ।
यस्तै बैंकले फोनलोनका अफरलाई पनि विस्तार गरेको छ । अब यस्तो ऋणका लागि योग्य ग्राहकले नबिल स्मार्ट बैंक एपको स्क्रिनमा फोनलोनको आइकन देख्नेछन् । बैंकले ग्राहकको सुविधाका लागि बाइ नाउ पे लेटरको सुविधा तथा ऋणबापत लिएको रकम चुक्ता गर्न इएमआईको सुविधा समेत उपलब्ध हुने भएको छ ।
ग्राहकहरूले खरिद गर्दा कुनै पनि फोन पे मर्चेन्ट क्यूआर कोडहरू स्क्यान गर्न सक्छन् र आफ्नो खरिदको मासिक किस्तामा भुक्तानी गर्न चेकआउटको बेला ’द्यगथ लयध, उबथ बितभच’ को विकल्प रोज्न सक्छन् ।
आफ्नो फोनलोन बक्यौता चाँडै तिर्न खोज्ने ग्राहकले आफ्नो फोनलोन सिधै आफ्नो एपबाट प्रिपे गर्ने विकल्प पनि उपलब्ध हुनेछ । यस अन्तर्गत नबिल बैंकले कुनै पूर्वभुक्तानी शुल्क नलिई ग्राहकहरूको खातामा पर्याप्त रकम भएमा ऋणको तत्काल निकासी गर्न अनुमति दिने जनाएको छ ।