डिशहोमको रिचार्ज गर्दा विश्वकर्माले जितिन् एक लाख

डिशहोममा वार्षिक रिचार्ज गर्दा मञ्जु विश्वकर्माले एक लाख जितेकी छन् । वार्षिक रिचार्ज गर्दा दुधौली नगरपालिका ११ की निवासी मञ्जु विश्वकर्माले एक लाख जितेकी हुन् ।
विश्वकर्मा डिलर दाइ कृष्ण देवकोटाबाट एक वर्षको रिचार्ज गरेर लक्की ड्रमा सहभागी भएकी थिइन् । डिशहोमका सेल्स अफिसर विजय राज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीले विश्वकर्मालाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।