Logo

गठबन्धनमा आबद्ध दलले एकअर्कालाई भोट नहाल्नु आत्मघात: अध्यक्ष दाहाल

sf7df8f}F, !# ebf} . g]skf -dfcf]jfbL s]G›_sf] j}rfl/s–/fhgLlts k|lzIf0f tyf lgjf{rg ;DaGwL sfo{qmddf ;f]daf/ ;Daf]wg ub}{ cWoIf k’iksdn bfxfn …k|r08Ú . tl:a/ M ;lrgf aflgofF, /f;;

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा आबद्ध दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताए ।
शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धनका दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका हुन् । उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारहरूलाई सचेत गराए । उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफूले ‘रूख चिन्ह’मा छाप लगाइसकेको र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले हँसियाहथौडामा छाप लगाइसकेको टिप्पणी गरे ।
अध्यक्ष दाहालले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर नै देशमा ठूलठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडि जानुपर्ने बताए । उनले भने, ‘रूखलाई हँसियाहथौडामा भोट हाल्न गाह्रो । रूख र हँसियाहथौडालाई कलममा भोट हाल्न गाह्रो । कलमलाई फेरि रूख, हँसियाहथौडामा भोट हाल्न गाह्रो भयो भनेको जस्तो पनि सुनिन्छ । कतिपयले प्रचार गर्दाखेरी आफ्नो त प्रचार गरिन्छ । अर्काको त प्रचार गरिँदैन । आफ्नो पार्टीको नभएको उम्मेदवारको त प्रचार गरिँदैन भनेको पनि मैले यदाकदा सुनेको छु । म साथीहरूलाई छातीमा हात राखेर विचार गर्न अनुरोध गर्न चाहन्छु, के सात राजनीतिक दलको तर्फबाट गिरिजाप्रसाद कोईराला र तत्कालीन बिद्रोहीको तर्फबाट मैले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नु सही थियो कि गलत थियो । यदि त्यो सही थियो भने मैले भन्ने गरेको छु त्यही दिन हँसियाहथौडावाला म रूखमा मैले छाप लगाइदिएको हो । गिरिजाप्रसाद कोईराला रूख उहाँले हँसियाहथौडामा छाप लगाइदिनुभएकै हो । र देश शान्तिको नयाँ युगतिर प्रवेश गरेकै हो । लोकतन्त्रको नयाँ युगतिर प्रवेश गरेकै हो । अनि हँसियाहथौडाले रुख, कलमले रुख र हँसियाहथौडा स्वीकार गरिसकेको । तपाईंहरूलाई त्यो गर्न सही लाग्छ या गलत । यदी तपाईहरू मध्ये कसैले चाहे जुनसुकै चुनाव चिन्हको भएपनि मेरोमा चाहिँ हाल्छु अर्कोमा हाल्दिन भने आफ्नै आत्माघात गरेजस्तै हो । तपाईहरूले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट गर्नुभएन भने तपाई पनि जित्नुहुन्न । यो इतिहासको तथ्य हो कि हामी मिलेर मात्रै, जतिबेला हामी वामपन्थी र लोकतन्त्रवादी मिलेका छौँ देशमा ठूलाठूला परिवर्तन सम्भव भएका छन् । एक्लै हिँड्छु भन्यो भने दु:ख पाएको इतिहास छ । र शान्ति सम्झौता पनि मिलेर मात्रै भएको हो । अहिले प्रतिगमनको जो खतरा छ, त्यसलाई परास्त गर्ने पनि हामी मिलेर मात्रै सकिन्छ । त्यसकारण हामी कसैले पनि इतिहासको यो सत्यलाई नजरअन्दाज नगरौँ ।’
अध्यक्ष दाहालले परिवर्तनका बिरोधी र निरंकुशताका पक्षधरहरूको अर्को गठबन्धन बनेको पनि उल्लेख गरे । उनले सो गठबन्धनमा देशको एकतालाई खण्डित गर्न चाहानेहरू केन्द्रित भएकाले हल्का रुपमा नहेर्न पनि नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, ‘अर्को गठबन्धन पनि छ सँगसँगै । त्यो यो परिवर्तन उल्ट्याउन चाहन्छ । परिवर्तनका विरोधी । निरंकुशताका पक्षधर, सामन्तवादी, राजावादी ती सबै शक्तिहरू देशको एकतालाई खण्डित गर्न चाहने तत्वहरू पनि अर्को गठबन्धनमा केन्द्रित छन् । हेक्का राखौँ । हल्का रुपले नहेरौँ ।’
उनले गठबन्धनभित्र जहाँ जसको उम्मेदवारी छ उसैलाई जिम्मेवारीबोध र खुसीका साथ भोट हाल्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्