सानको पाँचौ वार्षिक साधारणसभा «

सानको पाँचौ वार्षिक साधारणसभा

सिद्धार्थ होटल एसोसिएसन सानको पाँचां वार्षिक साधारणसभा तथा पदस्थापन समारोह सम्पन्न भएको छ । बिहीबार तिलोत्तमाको टाइगर प्यालेश रिसोर्टमा आयोजित वार्षिक साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । साधारणसभाले संस्थाको नाम परिवर्तन गर्दै होटल एसोसिएसन अफ लुम्बिनी गर्ने निर्णयसमेत पारित गरेको अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।
हामी प्रदेश संरचनाअनुसार क्षेत्र र दायरा फराकिलो गराउँदै विस्तारै प्रदेशका सबै जिल्लाका व्यवसायीलाई समेटेर जानुपर्छ भन्ने सोच राख्दै नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । प्रदेश ५ को नाम पनि लुम्बिनी हुने निश्चित जस्तो छ, त्यसैले होटल संघ लुम्बिनी नाम राख्ने निर्णय भयो, अध्यक्ष श्रेष्ठले भने । वार्षिक साधारणसभा पछि निर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको थियो । संघको निर्वाचन समितिले जेठ १७ गते नै निर्वाचनको कार्यक्रम सम्पन्न गरिसकेको थियो । पदस्थापन समारोहमा प्रमुख अतिथि होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटललाई हेर्ने सरकारको नीति प्रष्ट हुनुपर्ने भन्दै अन्य उद्योग सरहको सेवा सुबिधा उपलब्ध गराउनुपर्ने माग गरे ।
उनले भैरहवा लुम्बिनी क्षेत्र देशकै महत्वपूर्ण स्थलका रूपमा विकसित भैरहेको भन्दै यहाँ होटल व्यवसायमा लगानी गर्न आउनेहरू बढ्दै जाने उल्लेख गरे ।
होटल संघ नेपालका केन्द्रीय सदस्य गोपाल रानाले सरकारले होटलमा हर्ने दृष्टिकोण परिवर्तन गर्दै निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न आग्रह गरे । सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले पर्यटन क्षेत्रका लागि आफूहरूको सदैव ध्यान हुने बताए ।
कार्यक्रममा गौतमबुद्ध बिमानस्थल आयोजना प्रमुख इं.प्रवेश अधिकारी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारी, होटल तथा रेस्टुराँ व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, होटल तथा रेस्टुराँ व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश बेलबासे, सानका उपाध्यक्ष किशोर जोशी, महासचिव रवीन्द्र शर्मा घिमिरे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष दिपेश पछाई लगायतले पर्यटन व्यवसायको बारेमा चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्