Logo

प्राइम लाइफले १३ प्रतिशत लाभांश दिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । त्यस्तै, उक्त बोनस सेयर प्रयोजनका लागि एक करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने पनि प्रस्ताव गरेको छ ।
२ कात्तिकमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्