Logo

हाम्रो पात्रो १३औं वर्षमा, हाम्रो पे रिलिज हुँदै

हाम्रो पात्रो १३औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा आईओएसमा रिलिज भएको पात्रो सन् २०१२ मा एड्रोइडमा रिलिज भएको थियो ।
एउटा नेपाली युवाले व्यक्तिगत प्रयोजनका लागि नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भा देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्स सम्मका सुविधा थपिएका छन् । सन् २०१५ मै १० लाख भन्दा बढी डाउनलोड भएको हाम्रो पात्रोले त्यसै वर्षदेखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनायो ।
सन् २०१८ मा ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरूवात गरेको हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले बताए । सन् २०१९ मा हाम्रो पात्रोले मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थालेको थियो । सन् २०२० मा इ कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्यो ।
सन् २०२२ मा हाम्रो पे पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सब थोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको सीईओ उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्