Logo

फोनपे क्यूआरमार्फत भुक्तानी गर्दा पर्यटकलाई सहज

पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्युआरमार्फत भुक्तानी गर्नेहरूको संख्या बढ्न थालेको छ ।
यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्युआर सञ्चालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरूमा फोनपेप्रति आकर्षण बढेको हो । फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपेमार्फत भुक्तानी गर्न सकिने सेवाको सुरूवात गरिएको थियो ।
बाराहीघाटमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र फोनपेका सीइओ दिवस सापकोटाको उपस्थितिमा एक कार्यक्रमकाबीच क्यूआर भुक्तानी सेवाको सुरुवात गरिएको थियो ।
सोही कार्यक्रममा मनोरञ्जन प्रदान गर्न बोटिङ प्रतिस्पर्धा आयोजना गरिएको थियो भने फोनपेका ब्राण्ड एम्बेष्डर सन्दीप क्षेत्रीले मनोरञ्जन प्रदान गरेका थिए । फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरू समेत सञ्चालन गरिरहेको छ। यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन् । मर्चेन्टहरूको यो योजना १२ कात्तिकसम्म सञ्चालन हुने बताइएको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिन्छ । यसैगरी, फोनपे डाइरेक्ट मार्फत् मोबाईल नम्बर राखि कुनैपनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्