निर्वाचनमा महिलाको सहभागिता कम भयो: ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताइन् ।
वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवारसमेत रहनुभएकी नेतृ घर्तीले यस्तो बताएीे हुन् । उनले महिलाहरू विभिन्न आन्दोलन र लडाइँका मोर्चाहरूमा अग्रपंक्तिमा रहेर काम गरेपनि अन्य क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व कम भएको गुनासो गरे ।
निर्वाचनमा पनि महिलाहरूको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढीभन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन् । नेतृ घर्तीले महिलाहरूको प्रतिनिधित्व, पहुँच र महिलाहरूलाई प्रेरणा दिनका लागि निर्वाचनमा उम्मेदवारी दिएको बताए । उनले आगामी ५ वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम र योग्य रहने पनि बताए । उनले आफूले देश र जनताका लागि काम गरेको उल्लेख गर्दै ५ वर्षपछि अन्य महिला नेतृहरू निर्वाचन र नेतृत्व सम्हाल्नका लागि सक्षम बन्ने बताइन् ।
उनले भनिन्, ‘महिलाहरूको प्रतिनिधित्व, महिलाहरूको पहुँच र महिलाहरूलाई प्रेरणा दिनको लागि मेरो उम्मेदवारी हो । हामीले विभिन्न जनआन्दोलनमा वा विभिन्न प्रकारका लडाईंका मोर्चाहरूमा हामीले आफूलाई अग्रपंक्तिमा राखेका छौँ । जब आन्दोलन हुन्छ महिलाहरू अघि खटेर लडेका छन् । वि.सं. २०६३ सालको जन आन्दोलनमा पनि तपाईहरूले देख्नुभएको होला । महिलाहरू नै अग्रपंक्तिमा थिए । तर आन्दोलनले जब एउटा ठाउँ र बिन्दुमा पुगेर सकिन्छ तब महिलाहरू कहाँ गए भनेर खोज्नुपर्ने अवस्था रहेको छ । ५ वर्षपछि अब कुनैपनि स्तरमा ओनसरीले उम्मेदवार हुनुपर्दैन, ५ वर्षपछि महिलाहरू हरेक पुरुष मित्रहरूसँग निर्वाचनका लागि प्रतिष्पर्धा गर्न योग्य हुनुहुन्छ, यो मलाई विश्वास छ, म सभामुख हुँदा सभामुखको हैसियतले कानून बनाउँदै गर्दा आज सभामुखले समेत आवाज राखेर बढी भन्दा बढी महिला उम्मेदवारहरू रहने व्यवस्थाको लागि आवाज उठाउँदै हुनुहुन्छ, के तपाईंले भोलि यी ठाउँमा महिला उम्मेदवार भेट्नुहुन्छ भनेर मलाई प्रश्न गरिएको थियो, त्यसबेलामा महिलाहरू हुनुहुँदैन थियो । मैले भने आन्दोलनको बेला जुर्मुराएर अग्रभागमा आउने महिलाहरू उम्मेदवारको लागि घोषणा गर्नुहोस्, यस राज्यले महिलाहरू अघि आउने घोषणा गरोस् महिलाहरू अवश्य अघि आउनेछन्, मलाई विश्वास थियो किनभने हाम्रो जनसंख्या त आधा भन्दा बढी हो नि आधा भन्दा बढी छ भने त्यही नै श्रोत हो, जहाँबाट हरेक क्षेत्रमा प्रतिनिधिका लागि महिला छन् । म आज ५ वर्षका लागि प्रतिनिधि सभाको हसियत राख्नकोक लागि उम्मेदवार बनेको छु तर ५ वर्षपछि कुनै पनि निकायमा ओनसरीले उम्मेदवारी हुनुपर्दैन, हरेक पुरुष मित्रसँग प्रतिष्पर्धाकाक लागि तपाईहरू योग्य हुनुहुनेछ भन्ने भविष्य देखेकी छु ।’