Logo

तिहारमा आयातीत सयपत्री फूल प्रतिबन्ध

;okqL km”n e/tk’/, # sflQs M lrtjgsf] e/tk’/ dxfgu/kflnsf–* uf}l/uGhdf Jofj;flos ?kdf nufOPsf] ;okqL km”n . oxfFsf ls;fgn] Pp6f dfnfsf] clwstd d”No !)).– ?k}ofF . tl:a/M s[i0f cfrfo{÷/f;;

सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएसन नेपालले बताएको छ ।
बिहीबार ललितपुरको जावलाखेलमा आयोजना भएको १५ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए । उनले नेपालमा अहिले ९० प्रतिशत फूलमा आत्मनिर्भर भएको पनि दाबी गरे । तिहारमा विशेषगरी सहरी क्षेत्रमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भन्दै उनले विगतका वर्षहरुमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाहरुबाट आयात हुने गरेको बताए
उनले नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर रहेको दाबी गर्दै चाडपर्व र चिसो मौसमको समयमा मात्रै आयात गर्नुपर्ने अवस्था रहेको बताए । तर उनका अनुसार १० प्रतिशत आयात गर्नुपर्ने अवस्था अझै १० वर्ष कायम रहन्छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउन सके विश्वका सबै प्रकारका फूलहरु नेपालमा नै उत्पादन गर्न सकिने बताए । उनले पुष्प व्यवसाय मुलुकमा आत्मनिर्भरमात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने भन्दै पुष्प व्यवसायमा लगानीको प्रतिफल राम्रो रहेकाले पुष्प व्यवसायबाट नै आर्थिक समृद्धि आउन सक्ने पनि दाबी गरे । “पुष्प व्यवसाय थप विकास र विस्तार गर्नको लागि सरकारले पूर्वाधार विकासमा लगानी गर्नु आवश्यक छ,” उनले भने । गोल्छाले मुलुकको आर्थिक समृद्धि किसानको माध्यमबाट गर्न जरुरी भएको बताउँदै अब नेपाली उत्पादनमा उच्च भ्यालु एडिसनमा जानुपर्ने अवस्था आएको बताए । पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्था रहेको पनि उनको विचार थियो ।
यस्तै, कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपाल वनजंगलमा रहेका फूलहरुलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए । उनले पछिल्लो समय फूलको माग र उत्पादन बढ्दै गएको भन्दै पुष्प व्यवसाय विस्तार र बजारीकरणको लागि निजी क्षेत्र र सरकार समन्वय गर्ने जरुरी रहेको बताए ।
यसैगरी, कलाकार हरिवंश आचार्यले मुलुकमा पुष्प व्यवसाय आत्मनिर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले मुलुक पुष्प व्यवसायमा आत्मनिर्भर भएर मात्रै भएर नहुने भन्दै सरकारले पुष्प व्यवसायलाई आयआर्जनको उद्योगको रुपमा विकास गर्नुपर्ने सुझाव पनि दिए ।
पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गर्नेको संख्या पनि बढेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यो वर्षको तिहारमा करिब साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने बताएको छ । तिहारको पाँच दिनमा करिब २० लाख सयपत्री, सवा चार लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिब १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो भने यस वर्ष करिब साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ ।

प्लास्टिकका फूल बिक्री गरे १ लाखसम्म जरिवाना
वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लास्टिकजन्य फूलगुच्छामा रोक लगाएको हो ।
वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लास्टिकजन्य फूलगुच्छाको आयात, बिक्रीवितरणमा रोक लगाइएको र शुक्रबारदेखि नै बजारमा प्लास्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने जानकारी दिए । उनले सरकारले गत साउनमा राजपत्रमा सूचना प्रकाशन गरेर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्रीवितरण वा भण्डारणमा रोक लगाएको भन्दै सूचनामार्फत सचेत गराएको स्मरण गराए । उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लास्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रीवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताए । घिमिरेले गत साउनदेखि नै प्लास्टिकजन्य फूलमालाको आयात प्रतिबन्ध रहेको पनि बताए ।
उनले तिहार र छठजस्ता पर्वहरुमा प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने तथा अनुगमनका क्रममा सरकारको निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्