Logo

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मिक्स डबल सफ्ट टेनिस तर्फको प्रतिष्पर्धमा बुधबार प्रदेश नम्बर १ ले स्वर्ण पदक जितेको छ ।
प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा वागमती प्रदेशका प्रदीप खत्री र जर्जियाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो । प्रतियोगितामा बागमतीले रजतमा चित्त बुझायो । यस्तै नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक प्राप्त गरे ।
यसअघि मंगलबार सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए । पुरुषतर्फ पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपीएफका भगवती बिक र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्