Logo

प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताएका हुन् ।
देशलाई अघि बढाउने संस्कृतिको विकास भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गरे ।
“पाँचदलिय गठबन्धन टुट्याउन विदेशीहरूले चलखेल गरे,” उनले भने, “उच्च स्तरीय नेतृत्वले विदेशीचलखेललाई चिरेर अघि बढ्नुभयो ।”
बागलुङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न ुभएको पौडेलले मध्य पहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रूपमा काम गरेको स्मरण गराउँदै उनले ढोरपाटन साल्झण्डीको सडक कालोपत्रेको काम चलिरहेको उल्लेख गरे ।
रंगेली, हरिचौर, रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसी हुँदै प्युठान जोड्ने सडकको कामभइरहेको बताउँदै मध्यपहाडी लोकमार्गको विकल्पको रुपमाभएको बताए ।
बागलुङका दूरदराजका जनताको पीर मर्का बुझेको बताउँदै छुट्टै खालको प्रशासनिक कार्यालय बुर्तिबाङमा ल्याउने आश्वासन दिए ।
मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे । प्रदेश सभा सदस्यका उम्मेदवार दोर्णकुमार कुँवरले प्रतिगमनका विरुद्ध ५ दलीय गठबन्धन भएको बताए । आन्दोलनबाट प्राप्त गरेकाअधिकारलाई संरक्षण गरी संविधानको रक्षाका निम्ति मुद्दा र विचार मिल्नेहरूबीच गठबन्धन भएको बताए ।
संघीयता, गणतन्त्र, लोकतन्त्रलाई रक्षा गरी जनताका आधाभूत विकासलाई पूरा गर्न जनतामाभ गठबन्धनका उम्मेदवार आएको बताए ।
बागलुङ, गुल्मी, रोल्पा र रुकुमकाजनतालाई सहजकानिम्ति अर्नाकोट एयरपोर्टको परिकल्पना गरिएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्