टीभीएस एनटर्कको एक्स्पी सार्वजनिक

टीभीएस एनटर्कको भर्जन रेस एक्स्पी सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले १२५ सीसीको एक्सपी सार्वजनिक गरेको हो ।
टीभीएसका ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्का र प्रदीप खड्काले अनावरण गरेका छन् । अपग्रेडेड एन्टर्क ७ हजार आरपीएममा १०.२ पीएस र १०.८ एनएम टर्क जेनेरेट गर्छ । टप स्पिड ९८ किलोमिटर प्रतिघण्टा रहेको छ । स्टार्ट विधी किक र सेल्फ दुवै रहेको छ ।
एलइडी हेडल्याम्प रहेको स्कुटरको फिउल ट्यांक ५.८ लिटर रहेको छ । नयाँ एनटर्क एक्स्पीको मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ । स्कुटरमा नयाँ फिचर्सको रुपमा भ्वाइस एसिस्ट, रेस एन्ड स्टिट मोड, रेस इन्सपाइड कलर थिम, रेस इन्स्पायर ग्राफिक र कलर ह्वील रहेका छन् । ३ वटा कलरमा उपलब्ध स्कुटरमा ब्लुटुथ कनेक्टीभिटी, आरटी एफआई बीएस ६ इन्जिनमा स्कुटर उपलब्ध रहेको छ ।
ब्रान्डएम्बेस्डर प्रदिप खड्काले एन्टर्क एक्सपीमा पावरसँगै माइलेजपनि बढी रहेको बताए । कार्यक्रममा स्वस्तिमा खड्काले आफूले टीभीएसका स्कुटर चढ्दै आएकाले ग्राहकलाई ढुक्क भएर खरिद गर्न आग्रह गरिन् । सार्वजनिक कार्यक्रममा जगदम्बाका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले टीभीएसका दुईपांग्रे ७० वटा देशमा फैलिएको बताउँदै टीभीएस एनटर्क २०१७ देखी नेपाली बजारमा आएको जानकारी दिए । जगदम्बाका उपाध्यक्ष दीपक रौनियारले टीभीएसले बिक्री मात्रै नभई विक्रीपछिको सर्भिसमा समेत ध्यान दिएको बताए ।
भृकुटीमण्डपमा भएको कार्यक्रममा कलाकार प्रताप दास र रचना रिमालले संगीत प्रस्तुत गरी ग्राहकलाई मनोरञ्जन प्रस्तुत गरेका थिए । लञ्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले टीभीएस ग्रेट ग्रान्ड एक्स्चेञ्ज एन्ड फाइनान्स मेला सञ्चालन गरिरहेको छ । ३१ असोजबाट सुरु भएको मेला ५कात्तिकसम्म चल्ने छ । एक्स्चेन्ज मेलामा ग्राहकले कुनैपनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्स्चेन्ज गर्दा आकर्षक छुट तथा उपहार पाउन सक्नेछन् ।
दुई पांग्रे सवारी साधन लिँदा बजार मूल्यांकन भन्दा ७ हजार बढी मूल्य पाउँछन् । साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था रहेको छ । एक्स्चेन्ज मेलामा फाइनान्स सुविधा पनि रहेको छ । जसअन्तरगर्त न्यूनतम २५ प्रतिसत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीले जनाएको छ।