सिद्धार्थ बैंकका तीनवटा शाखा विस्तार «

सिद्धार्थ बैंकका तीनवटा शाखा विस्तार

बैंकले काठमाडौंको न्यूरोड गेट र ललितपुरको भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले त्यस क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यसहित शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
शाखा विस्तार पछि बैंकको ४ एक्स्टेन्सन काउन्टरसहित कुल शाखा सञ्जाल १९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्