Logo

शाओमीको तिहार अफर ‘१२ दिन १२ टीभी’

शाओमीले तिहार लक्षित ‘१२ दिन १२ टीभी’ अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी, वा पोको फोनको खरिदमा एमआई टीभी ४ ए प्रो ३२ जित्न सक्ने कम्पनीले जनाएको छ । आफ्ना ग्राहकका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा खुशी भएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले बताए ।
लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आइएमईआई नम्बर पठाउनु पर्ने कम्पनीले जनाएको छ ।
यस अफरअन्तर्गत कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा ग्राहकहरूले प्रत्येक दिन एमआई टीभी ४ ए प्रो ३२ जित्न सक्ने कम्पनीले जनाएको छ । यो अफर २ देखि १३ कात्तिकसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्