एभरेष्ट बैंकले मनायो २८ औं वार्षिकउत्सव

एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकका बीच सम्पन्न सो कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र ज्योति संघलाई डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेसिन खरिद गर्नका लागि ४ लाख ८० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य द्रोण गुरगाँईलाई उक्त कार्यक्रमकाबीच सो चेक हस्तान्तरण गरे ।
सो कार्यक्रममा नेपाल नेत्र ज्योति संघ धनकुटाका तर्फबाट रोशेस श्रेष्ठको समेत उपस्थिति रहेको थियो । साथै बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निर्माण गर्नका लागि गोदावरी नगरपालिका–३ सँग सम्झौता गरेको छ ।
बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानुराजा घिमिरेले सो सम्झैतामा हस्ताक्षर गरेका हुन् ।