नेतासँग नजिक भएका मेनपावरले कानुन र विभागलाई टेर्दैनन्
ठगी गर्ने मेनपावरको कारवाही रोक्न नेताको दबाब

ठगीको उजुरी परेका कतिपय मेनपावरले कारवाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक नेता गुहार्ने गरेका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् । करोडांै रुपैयाँ ठगीको उजुरी परेका मेनपावरलाई वैदेशिक रोजगार विभागले पटक पटक उपस्थित हुन पत्राचार गर ेपनि अटेरी गर्ने गरेका छन् ।
हालै विभागले सूचना नै जारी गरेर उजुरी फस्र्यौट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानुनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ । विगत ३ महिनामा विभागमा ७८८ वटा उजुरी विभिन्न मेनपावरविरुद्ध परेको भए पनि लिखित जवाफसहित विभागमा उपस्थित नहुने मेनपावरको संख्या धेरै रहेको छ । यसैगरी कतिपय मेनपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उपस्थित गराउन सकेको छैन । विभागमा डीएसपीको नेतृत्वमा प्रहरी युनिट खडा गरे पनि उनीहरुको क्षेत्राअधिकारमा सोभैm पक्राउ गर्ने अधिकार छैन ।
मेनपारलाई कारवाही नगर्न प्राय: सबै पार्टीका उच्च नेताले कर्मचारीलाई दबाब दिने गरेको एक कर्मचारीले बताए । विभागले पीडितको उजुरीउपर बुझ्न मेनपारलाई पहिलो पटक ३ दिने, दोस्रो पटक २४ घण्टे र तेस्रो पटक ७ दिने समय दिएर लिखित जवाफसहित विभागमा उपस्थित हुन पत्राचार गरे पनि कतिपय मेनपावरले उल्टै कर्मचारीलाई नै धम्की दिने गरेको बताइएको छ । विभागले बारम्बार पत्राचार गरेपछि उपस्थित नभएको भन्दै केही मेनपावरलाई कारवाही गरिने भएको छ । अधिकांश मेनपावर उच्च तहका नेताका नातेदार तथा उनीहरुसँग नजिक सम्बन्ध बनाएका व्यक्तिले सञ्चालन गरेका कारण उनीहरु विभागको कारवाही र पत्राचारलाई बेवास्ता गर्दै आएका छन् । कतिपय उच्च तहका नेताले चुनावी भाषणमा युवालाई प्रलोभनमा पार्न नि:शुल्क वैदेशिक रोजगारीमा पठाइने बताउनुले उच्च तहका नेताको सम्बन्ध धेरै युवा विदेश पठाउने मेनपावरसँग रहेको बुझ्न सकिन्छ ।
सरकारबाट वैदेशिक रोजगारीका लागि खुला गरिएका श्रम गन्तव्य मुलुकहरुमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली, २०६४ को प्रावधान बमोजिम कामदार छनोटका प्रक्रिया पूरा गरी श्रम गन्तव्यमा कामदार पठाउने प्रयोजनार्थ विभागबाट अनुमति लिएका मेनपावरले कारवाहीबाट जोगिन कानुन नमान्ने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले विभागले उपस्थितिका लागि बोलाउँदा नआउने मेनपावरलाई ऐनको दफा ५४ अनुसार कारवाही गरिने बताए । “राजनीतिक दल चुनावमा व्यस्त भएको बेला प्रशासनलाई थप जनमुखी र चुस्तदुरुस्त बनाउने बेला आएको छ,” उनले कारोबारसँग भने, “अटेरी गर्ने मेनपावरविरुद्ध केही दिनभित्र कारवाही प्रक्रिया अघि बढाउने छांै ।”
विभागमा दर्ता भई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त संस्थाविरुद्ध विभागमा दर्ता भएका उजुरीका सम्बन्धमा विभागबाट गरिने पत्राचार, आदेश तथा निर्देशनको केही इजाजतपत्रवाला संस्थाहरुबाट अवज्ञा गर्ने कार्य हुने गरेको पाइएको छ । “उजुरीको विषयमा माग गरिएको प्रमाणसहितको जवाफ तोकिएको समयभित्र पेश नहुँदा विभागद्वारा समयमै उजुरी फस्र्यौट गर्ने कार्यमा बाधा पुगेको छ,” विभागद्वारा अटेरी गर्ने मेनपावरविरुद्ध जारी सूचनामा भनिएको छ, “आफ्नो संस्थाविरुद्ध विभागमा दर्ता भएका उजुरी यथाशिघ्र फस्र्याैट गर्ने व्यावसायिक कर्तव्य पूरा गरी वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने कार्यमा सहजीकरण गर्न वैदेशिक रोजगार ऐन, २०६४ र यस ऐन अन्तर्गत बनेको नियम, आदेश वा निर्देशनको पूर्ण पालना गर्नु हुन सूचित गरिन्छ ।”