Logo

एक अमेरिकी डलरबराबर १३३.१४ रुपैयाँ

नेपाली रुपैयाँ झन् कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार बिहीबारको लागि एक अमेरिकी डलरबराबर १३३ रुपैयाँ १४ पैसा पुगेको छ ।
पछिल्लो एक साता एक अमेरिकी डलरबराबर १३२ रुपैयाँ ०७ पैसा हाराहारीमा स्थिरझैं देखिएको अमेरिकी डलर बिहीबारका लागि भने बढेको हो । नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेका कारण भारतीय मुद्रा कमजोर भएपछि स्वत: नेपाली रुपैयाँ कमजोर भएको हो । रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा अन्य मुद्राभन्दा डलर बलियो बन्दै गएको छ ।
नेपाली रुपैयाँ कमजोर हुनुको नेपाली अर्थतन्त्रमा कुनै योगदान नभए पनि नेपाली रुपैयाँ अमेरिकी डलरसँग महँगो भएपछि नेपालले डलरमा खरिद गर्ने वस्तु तथा सेवाको भाउ पनि स्वत: बढ्छ, जसका कारण आयातीत वस्तु तथा सेवाको मूल्य बढ्दा आन्तरिक बजारमा पनि मूल्यवृद्धि हुन्छ । रुस तथा युक्रेनको युद्धका कारण आपूर्तिजन्य समस्याका कारण महँगी बढिरहेका बेला नेपालले अधिकांश वस्तु डलर तिरेर आयात गर्ने हुनाले नेपाली बजार झन् महँगो हुँदा नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्छ ।

प्रतिक्रिया दिनुहोस्