नेप्से परिसूचक १२.८१ अंकले घट्यो

नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ ।
साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधबार नेप्से परिसूचक १२.८१ अंक घटेर १८४५.५१ बिन्दुमा झरेको छ । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.६६ अंक, फ्लोट इण्डेक्स ०.६५ अंक र सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ ।
बुधबार कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार कित्ता सेयर ६४ करोड ३६ लाख ७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.५६ प्रतिशत बढेको छ भने म्युचुअल फण्डको ०.१८ प्रतिशत बढेको छ । यता वित्त उपसमूहको परिसूचक २.५४ प्रतिशत घटेको छ ।
बुधबार ३ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर र सिटिजन्स म्युचुअल फण्ड २ को सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, अपर हेवाखोलाको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, पिपुल्स पावरको सेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ । बुधबार सोल्टी होटलको सेयर कारोबार ३ करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।