Logo

जर्मनीका विशेषज्ञ चिकित्सकको टोलीद्वारा नर्भिक इन्टरनेसनल हस्पिटलको अवलोकन

जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको अवलोकन भ्रमण गरेको छ ।

बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरूले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन् ।

जर्मनीका चिकित्सकहरूको टोलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए । नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकहरूलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाहरूको विषयमा स्थलगत अवलोकन गराई जानकारी दिएको थियो ।

सो क्रममा नर्भिक अस्पतालको इमेरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरिरहेको र काठमाडौस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएको लगायतका विषयमा जानकारी दिएका थिए ।

सो क्रममा नर्भिकका अधिकारीहरूले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरूको उपचार सेवामा पुर्याउदै आएको योगदान, दिंँदै आएको सेवा लगायतका विषयमा समेत टोलीलाई जानकारी गराएका थिए ।

टोलीमा सहभागी जर्मन चिकित्सकहरूले नेपालमा समेत नर्भिक इन्टरनेसनल हस्पिटलजस्तो आधुनिक अस्पताल रहेकोमा खुशी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा पनि अन्तराष्ट्रिय स्तरकै रहेको पाइएको प्रतिक्रिया दिएका थिए । उनीहरूले नर्भिकले उपचार प्रक्रियामा प्रयोग गर्ने स्वास्थ्य उपकरणहरू समेत अन्तराष्ट्रिय स्तरकै रहेको पाइएको भन्दै प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्