Logo

युनिभर्सिटी कलेज बर्मिंघममा नेपालीका लागि छात्रवृत्ति

बेलायतको युनिभर्सिटी कलेज बर्मिंघम (यूसीबी) ले नेपाली विद्यार्थीहरूलाई मेरिट वेसका आधारमा छात्रवृत्ति र अन्य सुविधा दिन शैक्षिक मेला तथा जानकारीमूलक कार्यक्रमको आयोजना गरेको छ ।
बेलायतमा उच्च शिक्षा हासिल गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई प्रवर्द्धन र अवसरका बारेमा जानकारी दिन मगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको हो । यूसीबीका दक्षिण एसियाली क्षेत्रीय प्रबन्धक अर्चना सिंहले यूसीबी र नेपाली विद्यार्थीहरूले हाल यूसीबीमा नेपाली विद्यार्थीको अध्ययान बारे जानकारी दिईएकी थिइन् । उनले अन्तर्राष्ट्रिय र नेपाली विद्यार्थीका लागि भावी शैक्षिक योजनाहरू रहेको सो अवसरमा जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै, यूसीबीका प्रो–भाइस चान्सलर एलिस विल्बीले स्नातक र स्नातकोत्तर डिग्री पाठ्यक्रमहरूको बारे जानकारी दिइन । त्यस्तै, यूसीबीको अन्तर्राष्ट्रिय विद्यार्थीका निर्देशक, क्रिस शेपले यूसीबीले नेपाली विद्यार्थीहरूलाई बेलायतमा बसाइलाई सहज बनाउन मद्दत गरिरहेको जानकारी पनि दिए ।
उनले मेरिटका आधारमा सम्भावित अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उपलब्ध गराइने छात्रवृत्तिको बारेमा पनि बैठकमा संक्षिप्त जानकारी गराए । सो अवसरमा अन्तर्राष्ट्रिय विद्यार्थी एसोसिएट डाइरेक्टर भरत ए सखुजाले यूसीबीले नेपाली विद्यार्थीहरूलाई आफ्नो करियरलाई सहयोग गर्ने अवसरहरू प्रदान गर्न नेपालमा आफ्ना एजेन्टहरूसँग काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्