ह्वावेको सिड्स फर फ्युचर्स कार्यक्रम सम्पन्न

हुवावेले नेपालको दोस्रो सिड्स फर फ्युचर्स कार्यक्रम सफलरुपमा समापन भएको घोषणा गरेको छ ।
ह्वावेको सामाजिक उत्तरदायित्वअन्तर्गतको सिड्सफर फ्युचर्स कार्यक्रममा ७ नेपाली विद्यार्थीले थाइल्यान्ड र सिंगापुर भ्रमण गर्न पाएका हुन् । १८ अगस्टदेखि थाइल्यान्डमा नेपाली विद्यार्थी सहभागी भएका थिए । सिड् फर फ्युचर्सअन्तर्गतकै टेकफर गुड कार्यक्रममा उत्कृष्ट भई सिंगापुर जाने अवसर पाए ।
ह्वावेले गत वर्षबाट टेक फर गुड प्रोजेक्ट सुरू गरेको थियो। थाइल्यान्डको कार्यक्रममा १६ देशका १२६ विद्यार्थी सहभागी भएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्तले ह्वावेको सिड्स फर फ्युचर्स कार्यक्रमले युवाको क्षमताको विकास गर्न सहयोग पुर्याएको बताए ।
उत्कृष्ट ७ विद्यार्थीले थाइल्यान्डमा सिकेको कुरा अरू विद्यार्थीलाई सिकाउने विश्वास व्याक्त गरे । ई गभर्नेन्स कमिसन नेपालका प्रमुख कार्यकारी अधिकृत दिपेश मिश्रले ह्वावेको प्लाटफर्म पाउनु विद्यार्थीका लागि उपलब्धि रहेको बताए । थुप्रै आवेदकमध्ये ४ जनाको छनोट समितिले ७ विद्यार्थीलाई थाइल्यान्डमा सहभागिताको लागि छनोट गरेको थियो। आईओईका डिन प्रो. डा. शशीधरराम जोशीले गत वर्षको तुलनामा अहिले उत्कृष्ट विद्यार्थीको सहभागी रहेको बताए ।
उनले थाइल्यान्डमा टेक फर गुड प्रतिस्पर्धामा सफल भई सिंगापुर जान पाएकोमा बधाई दिए । प्रो. तिमिला यमी थापाले विद्यार्थीले राम्रो एक्सपोजर पाएको बताइन् । उनले सिड् फर फ्युचर्स कार्यक्रममा सहभागी विद्यार्थी सफल व्यवसायी बन्ने आशा व्यक्त गरिन् । प्रो. सुवर्ण शाक्यले ह्वावेले विश्वविद्यालयसँग सहकार्य थप बढाउँदै जानुपर्ने बताए ।
कार्यक्रममा सहभागी विद्यार्थी वंशज पौडेलले थाइल्यान्डको भ्रमण र नेपालमा एनसेल, डिसहोम कार्यालयमा अवलोकन गर्न पाएको बताए । उनले थाइल्यान्डमा फाइभ जी, मेटाभर्स, एआईलगायत नयाँ प्रविधिको विषय सिक्न पाएको बताए ।