Logo

होमनेट दक्षिण एशियाले काठमाडौंमा कार्यक्रम गर्ने

होमनेट दक्षिण एशिया (एचएनएसए) ले २२ वर्षमा पहिलो पटक काठमाडौंमा औपचारिक भेटघाट कार्यक्रम आयोजना गर्दैछ ।
होमनेटले शिखर सम्मेलनको सम्झना र दक्षिण एशियाभर गृह श्रमिकहरूको आन्दोलनलाई समर्थन जनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो ।
३ कात्तिकसम्म चल्ने कार्यक्रममा कार्यकर्ता, सदस्य संघसंस्था, युनियन, भातृ संगठन, सामुहिक र उद्यमका प्रतिनिधिहरू, एचएनएसएका बोर्ड सदस्यहरू लगायतका उपस्थित हुनेछन् । कार्यक्रमको मुलनारा ‘हामी एक आन्दोलन हौं, हामी एक भगिनी हौं, हामी भविष्य हौं’ रहेको छ ।
कार्यक्रममा गृह श्रमिकहरूको अनुभव र कथाहरू आदानप्रदान हुनेछ । कार्यक्रम ‘ए–जेड फोटो प्रदर्शनी’ हुनेछ, जसमार्फत गृहश्रमिक महिला कामदारहरूले गरेका कार्यहरू प्रस्तुत हुनेछन् । होमनेट दक्षिण एशिया (एचएनएसए) ले आफ्नो २२औं वार्षिकोत्सवमा उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा नेपालसहित दक्षिण एशियाली मुलुक अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका डेढसयभन्दा बढी गृह श्रमिकहरू उपस्थित हुने छन् । एचएनएसएले एशियाभरी गृह श्रमिक संगठनहरूको नेटवर्क हो । यस क्षेत्रका जोखिममा रहेका गृह श्रमिकहरूको लागि अग्रणी आवाज एचएनएसएले १२ लाखभन्दा बढी कामदारहरूको प्रतिनिधित्व गर्छ ।

प्रतिक्रिया दिनुहोस्