Logo

राइड सेयरदेखि पानी ट्यांकरको सेवा

एनआरएनको लगानीमा ‘जाऊँ गुरु’ एप

राइड सेयरिङ सुविधासहित नयाँ एप बजारमा प्रतिस्पर्धी भित्रिएको छ ।
एनआएन लगानीकर्ताले आधुनिक फिचर्ससहित जाऊँ गुरु एप सार्वजनिक गरेका हुन् । जाऊँ गुरु एपको फिचर्समा लोकेसन सेयर, प्रमाणीकरण, जीपीएस ट्रयाकिङ, २४ घण्टा सेवा र कल सेन्टर रहेको छ । भुक्तानीको लागि खल्तीलगायतका एपबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । प्रयोगकर्ताले जाऊँ गुरू एपबाट बाइक, ट्याकसी, बाइक डेलिभरी, पानी ट्यांकी, मिनी ट्रक र जिप भाडामा लिनसक्ने व्यवस्था छ ।
चालकको लागि कम कमिसन, २४ सै घण्टा सेवा उपलब्ध, चालक बिमालगायतका सुविधा छन् । युकेमा बस्दै आएका इन्द्रहाङ लिङ्देन जाउँ गुरु प्रालिका अध्यक्ष छन् । उनीसँगै लगानीकर्ता समेत रहेका उपाध्यक्ष खुसीमान लिम्बु र दिवाकर अर्याल प्रबन्धनिर्देशक रहेका छन् ।
अध्यक्ष लिङ्देनले यातायात सम्बन्धी सबै सेवा डिजिटल माध्यमबाट गर्ने बताएका छन् । उनले अहिले यातायातसम्बन्धी सेवा लिन २–३ वटा एप डाउनलोड गर्नुपरेकोमा अब एकै एपबाट धेरै सेवा लिन सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्