ब्युटी सैलुन फेसियल हाउसको शाखा धनगढीमा

ब्युटी सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा सञ्चालन गरेको छ ।
धनगढीको चौडामा वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्धनिर्देशक शुष्मा महरा र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट सेवा दिँदै आएको फेसियल हाउसले अव भने धनगढीबाट पनि सेवा प्रदान गर्नेछ । धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐयरले गर्ने छिन् । धनगढीका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछि यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् ।
फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुनमध्ये नम्बर १ मा पर्ने सैंलुन हो । मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सनजस्ता थुपै सेवा दिँदै आएको छ ।