आफू राम्रो र अरू नराम्रो भनि प्रचार–प्रसार गर्न पाइँदैन: आयुक्त भण्डारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्णरूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ ।
राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचार–प्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आचारसंहीता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि (कातित्तक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए ।
आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागि हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराउनु भयो । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उहाँले उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । उनले भने, ‘दलको प्रतिनिधिहरूको सहमतीमासमेत बनेको आचारसंहीताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै अर्थात २०७९/०७/१८ बाट निर्वाचन प्रचार–प्रसार गर्न पाइन्छ । त्यो भन्दा अगाडी निर्वाचन प्रचारप्रसार गर्ने लगायतका क्रियाहरू गर्न पाइँदैन भनेर आचारसंहीताले निषेध गरेको छ । राजनीतिक दलका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरू घरदैलो गर्न पाए । घरदैलो गर्न पाउने पनि हामीले भर्खर आचारसंहीता संशोधन गरेर दलहरूकै आग्रहमा घरदैलो कार्यक्रम गर्न पाउने भनेर हामीले आचारसंहीता संशोधन गरेर घोषणा गरिदिएका छौँ । र घरदैलो कार्यक्रम गर्दाखेरी पनि उहाँहरू मत माग्न मतदाताको घरमा जाँदाखेरी २५ जनाभन्दा बढी जान पाउनुहुन्न । २५ जनापनि बाजागाजा, तामझाम गरेर जान पाइँदैन । आचारसंहीताले निषेध गरेको छ । थुप्रै ठाउँबाट उजुरी कसरी आइरहेको छ भने यसरी घरदैलो कार्यक्रममा उम्मेदवारहरू जाँदाखेरी बढी तामझाम गरेर जानुभयो । बाजागाजा बजाइदिनु भयो । नाचगान गर्नुभयो र उहाँहरूले भोजभतेर पनि गर्न शुरु गर्नुभएको छ भन्ने कुरो हामीकहाँ उजुरी परेको छ । यो उजुरीको सम्बन्धमा हामी मसिनोसँग छानबिन गरिराखेका छौँ । धेरै दलहरूलाई स्पष्टीकरण पनि सोधिराखेका छौँ । कतिपय उम्मेदवारहरूले उधारो भिसापनि बाँड्न शुरु गर्नुभएको छ । खाडी मुलुकमा रोजगारी दिन्छु तँ यहाँ जाने भनेर उधारो भिसा शुरु गर्नु भएको छ । त्यो गर्न पाइँदैन आचारसंहीताले निषेध गर्छ । यदी त्यसो हो भने उहाँहरूलाई कारबाहीको विषय हुन्छ । स्थानिय स्तरमा हाम्रो निर्वाचन अधिकृतहरूले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले सम्पूर्ण राजनीतिक दलका उम्मेदवारहरूलाई आयोगका तर्फबाट म के आग्रह गर्न चाहन्छु भने अहिले घरदैलो गर्न सम्मलाई आचारसंहीताले छुट दिएको हो । घरदैलो गर्ने प्रयोजनका लागि पनि निश्चित एउटा सिमा निर्धारण गरेको छ । जे पायो त्यही गरेर घरदैलो गर्न पाइँदैन । आचारसंहिता अध्ययन गरिदिनुस् उम्मेदवारहरूले । त्यसको परिधिभित्र बसिदिनुस् । र त्यो परिधिभित्र बसेर कानूनले सजाय नपाउनेगरी घरदैलो गरिदिनुस् भन्ने आयोगको तर्फबाट सम्पूर्ण उम्मेदवारहरूलाई म आग्रह गर्न चाहन्छु ।’
उनले उम्मेदवारहरूले आफू राम्रो र अरूरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गर्नुभयो । उम्मेदवारहरूलाई आफ्नो घोषणापत्र अनुरूप र आफूले गर्ने कामहरूको मात्रै प्रचार–प्रसार गर्न उनको सुझाव छ । अरु दल र स्वतन्त्र उम्मेदवारहरू नराम्रो भनि प्रचार गर्न नपाइने उहाँले उल्लेख गरे । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहीता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताए । उनले भने ‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरू प्रचार–प्रसारमा जानुभएको छ । आफू राम्रो । अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन । आफू राम्रो मात्रै भनेर जानुस् न । म यो नीति तथा कार्यक्रम गरेर जान्छु । म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो । त्यो सबै स्पष्ट देखिने गरी जानुस् । मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन । कानूनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुपर्यो । यदी निर्वाचन प्रचारप्रसार गर्दाखेरी यो आचारसंहीतालाई उल्लंघन गरिदिनु भयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरूलाई कारबाही गर्नुपर्छ । उहाँहरूको मनोनयनपत्र खारेज पनि हुनसक्छ ।’