४ सय ८० घर परिवार विस्तावित
कर्णालीमा मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ जना बेपत्ता

असोज १९ गतेदेखि सुरु भएको वर्षाका कारण बाढीपहिरो जाँदा कर्णाली प्रदेशभर ३३ जना सर्वसाधारणको मृत्यु भएको छ । दसैंदेखिको निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परेर कर्णाली प्रदेशमा ३३ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घर परिवार विस्थापित भएका छन्। प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पहिरोमा परेर जुम्लामा ९, मुगुमा ८, कालिकोट र हुम्लामा ४/४, जाजरकोटमा ३, डोल्पा र सल्यानमा २/२ जनाको ज्यान गएको छ ।
यस्तै दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । उनका अनुसार २२ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा धेरैजसो कालिकोटका छन् । यस्तै बाढी र पहिरोमा परेर २१ जना घाइते भएका छन् । घाइते हुनेमा कालिकोटका ७ जना रहेका छन् भने मुगु र हुम्लाका ५/५ जना छन् । यस्तै जुम्लाका २, रुकुम पश्चिमका १ जना र जाजरकोटका १ जना घाइते भएको श्रेष्ठले बताए ।
सयौं घरपरिवार विस्तावित
लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर ४ सय ८० घर परिवार विस्तावित भएका छन । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै दैलेखमा १ सय ३ घर परिवार विस्तावित भएका छन ।
यस्तै, मुगुका १ सय ७८ घरपरिवार विस्तावित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका ९, सुर्खेतका ८ घरपरिवार विस्तावित भएका हुन् ।
त्यसैगरी, डोल्पाका ४ घरपरिवार विस्तावित हुँदा जाजरकोट र रुकुम पश्चिमका २/२ घरपरिवार विस्तावित भएका छन । उपल्लो डोल्पामा जाने र आउने पुल बगाए पछि दुनै उपल्लो डोल्पाको सम्पर्क टुटेको छ ।
प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।
घरक्षती र बिस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा शुरु गरेको जनाएको छ । घाइतेहरूको उद्धारको लागि हेलिकप्टर परिचालन भइरहेको जनाइएको छ ।