नेप्से परिसूचक ९.६९ अंकले गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक करिव १० अंक घटेको छ ।
आइतबार नेप्से परिसूचक ९.६९ अंक घटेर १८६०.९४ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले घटेको छ ।
नेप्से कारोबारमा आएका २२१ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।आइतबार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ ।
नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक ओरालो लागको छ भने दुई वटा उपसमूहको परिसूचक बढेको छ । यसदिन बैंकिङ र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ । बैंकिङ उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.२८ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से ओरालो लागेपनि आइतबार अभियान लघुवित्तको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य ७.२५ प्रतिशत बढेको छ भने एभरेष्ट बैंकको मूल्य ५.१५ प्रतिशत बढेको छ । तर यता आइतबाबाटै कारोबारमा आएको पिपुल्स पावर कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिटिजन्स बैंकको मूल्य ७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा एभरेष्ट बैंकको ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।