गैडहवामा एनआईसी एसियाको विस्तारित काउन्टर «

गैडहवामा एनआईसी एसियाको विस्तारित काउन्टर

एनआईसी एसिया बैंकले रुपन्देहीको गैडहवामा विस्तारित काउन्टर स्थापना गरेको छ । गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवट र एनआईसी एसिया बैंकका क्षेत्रीय प्रमुख तिलकसुन्दर कार्कीले बुधबार विस्तारित काउन्टरको उद्घाटन गरे ।
यसअघि गाउँपालिकामा कुनै पनि बैंक नभएको अवस्थामा नागरिकलाई सहज रुपमा सेवा दिने उद्देश्यले बैंकको काउन्टर स्थापना गरिएको हो । बैंकका क्षेत्रीय प्रमुख कार्कीले बैंकको काउन्टर स्थापनासँगै गैडहवाका नागरिकलाई बैंकिङ सेवा र सामाजिक भत्ता वितरणमा सहज हुने बताए । बैंकको काउन्टर स्थापना कार्यक्रममा वरिष्ठ वास्तुविद् डा. उत्तम उपाध्याय र अन्य समाजसेवीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्