सामसङको ग्यालेक्सी ए एट प्लस नेपाली बजारमा «

सामसङको ग्यालेक्सी ए एट प्लस नेपाली बजारमा

सामसङले ए एट प्लस स्मार्टफोन बजारमा प्रस्तुत गरेको छ । आकर्षक डिजाइन तथा थुप्रै विशेषताहरू भएको स्मार्टफोन न्यूनतम मूल्यमा नेपाली बजारमा ल्याइएको भन्दै कम्पनीले ग्यालेक्सी ए एट प्लसमा ६ जीबी ¥याम, ६४ जीबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरिकार्डका प्रयोग गरी २५६ जीबीसम्म बढाउन सकिने क्षमता रहेको जनाएको छ । “सामसङले उपभोक्ताहरूका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रित रहेको छ, यसै सिलसिलामा ग्यालेक्सी ए एट प्लसस्मार्टफोन प्रस्तुत गरेको आईएमबीज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए । ग्यालेक्सी ए एट प्लस कालो र सुनौलो गरी दुई रंगमा उपलब्ध छ, यसको प्रबद्र्धनात्मक मूल्य ५९ हजार ९ सय ९० रुपैयाँ तोकिएको पनि कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्