दीगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीतिमा जोड

अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन् ।
एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्याउन सकिने बताए । उनले अहिले श्रीलंको ३९ सय प्रतिव्यक्ति आय रहेको बताए । उनले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए । वाग्लेले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको बताए ।
“अहिले राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट हामी ४ हजार डलर पुगेको भए स्वस्थ देश भन्न सक्थ्यौं” उनले भने, “झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको छ । नीतिहरुमा पनि संकुचन आउने अवस्थामा गएका छौं ।”
वाग्लले त्यस्तो हुन नसक्नु युवालाई राजनीतिकमा आउन झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको बताए । उनले योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको बताए । उनले अहिले ११ जना युवाले काम गरेर १ जना वृद्धा पाल्नुपर्ने अवस्था भएपनि सन् २०५० पछि चार जना युवाले काम गरेर १ जना वृद्धालाई पाल्नुपर्ने अवस्था हुने बताए । उनले अहिले जिडिपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको भन्दै कम्तिमा १२ देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्ने बताए ।
“अहिले जिडिपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको छ । १० वर्ष द्वन्द्व लगायतका कारण उद्योगमा कमी हुँदै आयो” उनले भने, “अबको पुस्ताले १२ देखि २५ प्रतिशतसम्म पुर्याउनु पर्छ जस्तो लाग्छ ।”
वाग्गले नेपाल उद्योग बिस्तार भन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्र भन्दा साथ लेखा परीक्षक, टेलिकम, ढुवानी, बैंकिङ र आर्टिटेक्टहरु भनेर बुझ्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने एक्स्ट्रा सुविधाले समस्या आएको बताए । उनले अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा (प्रिमियम) लिएर समस्या परेको बताए । गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रुपमा लिएको दाबी गरे । उनले मौद्रिक नीतिले अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको आरोप लगाए ।
अध्यक्ष गोल्छाले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढ्दा समस्या उत्पन्न भएको बताए । उनले नेपालको उधोग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको बताए । गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडिआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गरेको बताए । उनले लामो समय रेमिटेन्समा निर्भर भए झनै समस्या आउने बताए । गोल्छाले नेपालको अर्थतन्त्र र नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय डलर पुग्नु विदेशबाट आउने रेमिट्यान्स नै भएको बताए । उनले अब नेपाल रेमिट्यान्समा मात्रै भरपर्दा डरलाग्दो अवस्था आउनसक्ने भन्दै रमिट्यान्समा मात्रै भर पर्न नहुने बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताए । उनले आइटीको विकास तीव्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न नसक्ने भन्दै सरकारले सोच्नुपर्ने अवस्था रहेको बताए । उनले नेपालले सबै भन्दा बढी कृषिजन्य सामग्री आयात गर्ने भएकाले कृषिमा सम्भावना धेरै रहेको बुझ्न आवश्यक रहेको बताए । अध्यक्ष गोल्यानले नेपाली जंगलबाट ५ खर्ब बराबरको जडिबुटी निर्यात गर्नसक्ने अवस्था रहेकाले अब निजी र सामुदायिक वनलाई सरकारले खोल्नुपर्ने बताए । अध्यक्ष गोल्यानले जडिबुटी, जलविद्युत र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्नसकिने बताए । उनले नेपालमा कपासदेखि गार्मेन्ट उद्योगको बिस्तारमार्फत स्टेस्टाइल उत्पादन वृद्धि गर्दा वार्षिक २ लाख नेपालीलाई रोजगारी दिन सकिने बताए ।
अध्यक्ष गोल्यानले कृषि र कृषि प्रशोधनमा ठूलो सम्भावना भएपनि तत्काल अपेक्षा गरेजस्तो प्रतिफल नआउने बताए । उनले नेपालमा रहेको अल्लोबाट नेपालीहरुलाई लगाउन पुग्ने कपडाहरु नेपालमा नै उत्पादन गर्नसक्ने बताए । उनले नेपालको खुला सीमाना र सरकारको नीतिले गर्दा सबै भन्दा कम प्रोत्साहन भनेको नै कृषिमा रहेको गुनासो गरे ।