वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिमिल्सिनाले वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताएकी छ ।
एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर डा. तिमिल्सनाले यस्तो बताएका हुन् । उनले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमि तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएको कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रुपमा रहेको बताइन्। डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राकोसमेत अवमूल्यान भएको बताइन् ।
उनले डलरको मूल्य बढेको कारण नेपालमा आउने रेमिटान्स बढेपनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिइन् । उनले पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फीतिमा दबाब कामय रहेको बताइन्। डा. तिमिल्सिनाले नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिलाई सहजकता पूर्ण रुपमा कसिलो बनाई वाह्य क्षेत्र कसिलो कायम राख्नुपर्ने अवस्था रहेको बताइन् । उनले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
उनले पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औधोकिकरणमा विशेष जोड दिइ अर्थतन्त्रलाई उत्पादनमुखी बनाएर दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यक रहेको उल्लेख गरिन्। सूचना प्रविधिको क्षेत्रमा भएको विकासलाई प्रयोग गरी नेपालबाट सूचना प्रविधि सेवाहरू निर्यात गर्नसकेमा नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताइन् । कायवाहक गभर्नरले बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको बताइन् । उनले तरलता सहज कायम गर्न उत्पादनमुलक क्षेत्रमा लगानीमा वृद्धि गरी अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नुपर्ने अवस्था कायम रहेको बताइन् ।
त्यस्तै, महालेखा परीक्षक टंकमणी शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्युभएको बताए । उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको बताए । दंगालले जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने भएपनि विभिन्न कारणले ठोसरुपमा जिडिपी नआएको बताए ।
उनले सरकार तथा अन्य सबै निकायलाई तीन/चार वर्षदेखि मुलुकको जीडिपी राजस्व संकलन लगायतका हिसाबले हेर्दा कम रहेको बताएको बताए । उनले सरकारले अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको दाबी गरे ।