Logo

टीभीएसको एक्सचेन्ज मेला

जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज र फाइनान्स मेला’ अन्तर्गत ‘बेजोड अनि अद्भूत एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ ।
उक्त मेलामा ग्राहकले कुनै पनि ब्रान्डका पुराना बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा छुट तथा उपहारहरू पाउने कम्पनीले जनाएको छ । मेलामा सहभागी हुने ग्राहकले पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मूल्यांकन भन्दा सात हजार बढी मूल्य प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
साथै मोटरसाइकल तथा स्कुटर नकिन्दै एक लाख र किन्दा १० लाख सम्मको नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस मेला सहभागी हुने ग्राहकका लागि फाइनान्सको अफर पनि रहेको छ । यस अफरमा न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक इएमआईमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीले जनाएको छ । यस बाहेक ग्राहकले हेलमेट, बाइक कभर, र ब्याग उपहार प्राप्त गर्न सक्ने छन् ।
उक्त मेला ३१ असोज ३१देखि ५ कात्तिकसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्