कोसी अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ ।
बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई मेसिन हस्तान्तरण गरेका हुन् । कोसी अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा भीम घिमिरे, सुरेश शर्मा, जगदिशप्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु उपस्थित थिए ।
कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेत लगायत अन्य प्रतिनिधिहरु तथा अस्पतालका प्रतिनिधिसमेत उपस्थित थिए । हेमोडायलाइसीस मेसिन कोसी अस्पतालले अस्पतालमा आउने विरामीको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पुर्याएको सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बारेमा बैंक सञ्चालक अग्रवालले जानकारी दिए ।