आइएमई दसैं–तिहार अफरको नतिजा घोषणा

आइएमईले दसैं–तिहार अफरको पाँचौं र छैठौं हप्ताको नतिजा सार्वजनिक गरेको छ ।
पाँचौं हप्ताको विजेतामा कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत पैसा पठाउने सान्त्वना धोधरी र जीतमान गोम्बो तमाङ छनोट भएका छन् । यस्तै छैटौं हप्ताको विजेता ओमान र मलेसियाबाट आइएमईमार्फत पैसा पठाउने पदमकुमारी विक र किशोर तमाङ छनोट भएका छन् । चारै जना साप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, संजीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौं हप्ताको लागि दैनिक विजेता छनोट भएका छन् । उनीहरुले विभिन्न देशबाट नेपालमा पैसा पठाएका थिए । उनीहरुले एक/एक सेट सामसङ मोबाइल प्राप्त गरेका छन् ।
आइएमईले दसैं–तिहार अफर लक्षित गरी ‘मोबाइल हातैमा, १० लाख खातैमा’ अफर ल्याएको थियो । १६ भदौदेखि सञ्चालनमा आएको यो अफर १६ कात्तिकसम्म चल्नेछ ।