Logo

नासिरद्वारा कीर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त

विभागीय टोली त्रिभुवन आर्मीका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका छन् ।
विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतिस्पर्धामा नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् ।
दोश्रो स्थानमा रहेका एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेस्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।
यस्तै महिला २ सय मिटर मिड्लेतर्फ आर्मीकै सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरीका सिंहले नेपालञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनेट ३२ सेकेन्डको समयलाई पछाडि पार्दै २ मिनट ३१.४६ सेकेण्डको नयाँ समयको कीर्तिमान कायम गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्