राइड फर लाइफमा टीसीएल स्मार्ट टिभी पनि «

राइड फर लाइफमा टीसीएल स्मार्ट टिभी पनि

विगत तीन वर्षदेखि भइरहेको क्यान्सर विरुद्धको जागरण साइकल ¥याली अभियानमा टीसीएल स्मार्ट टिभीले पनि सम्बन्ध गाँसेको छ । विभिन्न सामाजिक कार्यक्रममा आफ्नो सहभागिता जनाउने क्रममा यसपालि पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सर विरुद्धको अभियानमा सम्बन्ध गाँसेको कम्पनीले जनाएको छ ।
सो कार्यक्रममा लक्की विजेतालाई ४३ इञ्चको टीसीएल स्मार्ट टिभी उपहार स्वरूप हस्तान्तरण गर्ने तथा अन्य सहयोग गर्ने कम्पनीले जनाएको छ । ४३ इञ्च टीसीएल स्मार्ट टिभी एफएचडी रहेको भन्दै कम्पनीले यसमा मोबाइलको स्क्रिनलाई टिभीमा हेर्न मिल्नेसाथै २ जीबी इन्टरनल मेमोरी र एन्रोइडको विभिन्न एप (युट्युब, फेसबुक आदि) चलाउन सकिने जस्तो विशेषता रहेको जनाएको छ । टीसीएल टिभीका लागि नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स छ ।

प्रतिक्रिया दिनुहोस्