Logo

फेन्सिङको तेस्रो दिनमा आर्मी र सशस्त्रलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको तेस्रो दिन ११ वटा स्वर्णपदकको टुंगो लागेको छ । बिहीबार महिला फोयल इभेन्ट टिमको प्रतिस्पर्धामा बागमती प्रदेशलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले स्वर्ण पदक जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मीलाई (४५–४१ स्कोरमा) पराजित गर्दै फाइनल प्रवेश गरेको वागमती सशस्त्रसँग पराजित हुँदै रजतमा चित्त बुझायो । सशस्त्र प्रहरीले गण्डकी प्रदेशलाई (४५–१५ स्कोर) मा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । गण्डकी र त्रिभुवन आर्मीले भने कास्य पदकमा चित्त बुझाएका छन् ।
पुरुष टिम सेबर तर्फको स्वर्ण पदक प्रतिष्पर्धाको त्रिभूवन आर्मीले जितेको छ । आर्मीले वागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । बागमती रजत पदकमा चित्त बुझायो । गण्डकी वागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हँुदै फाइनल पुग्नबाट चुक्यो । सेमिफाइनलमा पराजित गण्डकीले कास्य पदकमा चित्त बुझाएको छ । विभागीय डर्बीको प्रतिस्पर्धामा आर्मीले सशस्त्र प्रहरीलाई ४५–४३ स्कोरमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । अब फेन्सिङको अन्तिम स्वर्णको फाइनल शुक्रवार हुनेछ । पुरुष तर्फको ईपी टिम इभेन्टमा स्वर्ण पदकका लागि सशस्त्र प्रहरी र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्