आठ हजार मिटर माथिका नयाँ हिमाल नापजाँच गर्ने कुरो हरायो

नेपाल भूगोल र जनसंख्याका आधारमा विश्वका अन्य देशको तुलनामा मध्यस्तरको भए पनि नेपालमा हिमरेखा (५ हजार ५ सय मिटर) भन्दा माथिका १७ सय १३ भन्दा बढी हिमाल रहेका छन् । नेपाल सरकारले हालसम्म ४ सय १४ वटा ५ हजार ५० मिटरभन्दा अग्ला हिमालहरू पर्वतारोहणका लागि खुला गरेको छ । त्यसमा पनि हिमालहरूको कुरो गर्दा हालसम्म विश्वले मान्यता दिएका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमशिखरमध्ये अधिकांश नेपालमा रहेका छन् भने केही नेपाल–चीन सिमाना (जस्तै सीसापाङ्मा) छन् भने केही नेपाल–भारत सिमानामा (जस्तै कञ्चनजंघा) छन् । यी ८ हजार मिटरभन्दा माथिका हिमालहरूमध्ये ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा, ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा, ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्चे, ८ हजार ४ सय ६३ मिटर अग्लो मकालु, ८ हजार २ सय एक मिटर अग्लो चोओ–यु, ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी, ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु, ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण गरी आठवटा (६० प्रतिशत) नेपालमै छन्, जुन हामी नेपालीहरूका लागि सौभाग्य र गर्वकै कुरो हो भन्ने मान्नुपर्ने हुन्छ ।
यसरी ८ हजार मिटरभन्दा माथिका ठूला हिमाललाई छाडेर नेपाल सरकारले नेपाल पर्वतारोहण संघलाई सलामी दस्तुर असुली र रेखदेखको जिम्मा दिएको ३३ वटा ससाना ‘ट्रेकिङ पिक’ आरोहण गर्न आएको २०५५/०५६ देखि २०६७/०६८ सम्मको (स्रोत : नेपाल पर्वत, मे २०११) तथ्याङ्क हेर्दा २०५५/०५६ मा ४ हजार ३ सय ३८ जनाले विभिन्न ‘ट्रेकिङ पिक’ हरू आरोहणका लागि अनुमति लिएका थिए भने २०६७/०६८ मा ६ हजार ४ सय २७ जनाले ‘ट्रेकिङ पिक’ चढ्न अनुमति लिएको देखिन्छ । कतिसम्म भने सन् २०११ को स्प्रिङ सिजन अर्थात् मार्च–अप्रिल–मे महिनाको रेकर्डलाई आधार मानेर हेर्दा नेपाल पर्वतारोहण संघले रोयल्टीबापत १ करोड ३३ लाख १८ हजार २ सय ५२ रुपैयाँ आय आर्जन गरेको देखिन्छ ।
विश्वमा रहेका ८ हजार मिटरमाथिका हिमालका बारेमा भन्नुपर्दा हालसम्म १४ वटा हिमाल छन् । तीमध्ये बाँकी रहेका ६ वटा अग्ला हिमशिखरमध्ये ८ जहार १३ मिटर अग्लो सिसा–पाङमा चीन–नेपाल सीमा र ८ हजार ६ सय ११ मिटर अग्लो के–टु पाकिस्तान, ८ हजार १ सय २५ मिटर अग्लो नांगा पर्वत पाकिस्तान, ८ हजार ६८ मिटर अग्लो गासेर बु्रम–१ पाकिस्तान–चीन सिमाना, ८ हजार ५६ मिटर अग्लो ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, ८ हजार ३४ मिटर अग्लो गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमानामा रहेका छन् । माथि उल्लिखित दुईवटै देशमा रहेका ८ हजारमाथिका हिमाल चढ्दा पर्वतारोहीले तिर्ने सलामी शुल्क भने नेपालको दाँजोमा ज्यादै नै कम रहेको छ । त्यसैले समय छँदै नेपाल सरकारले पनि नेपालमा रहेका ८ हजार मिटरमाथिका हिमाल चढ्दा पर्वतारोही दल तथा व्यक्तिले तिर्ने शुल्क अर्थात् सलामी तस्तुर घटाउने लगायत अन्य अफिसियल झन्झटहरू हटाउनेतर्फ सोच्नुपर्ने देखिन्छ ।
हुन पनि नेपालको पर्वतारोहण पर्यटनको क्षेत्रमा अर्को महŒवपूर्ण घटनाको रूपमा रहेको भनेको हालसम्म नेपालमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये ८ वटा छन् । तर, नेपालमा अरू पनि ६ वटा आठ हजार मिटरभन्दा माठिका हिमाल रहेका छन् । त्यसैले अब नेपालमा विश्वका ८ हजार मिटरभन्दा माथिका हिमाल २० वटा हुँदै छन् । सौभाग्यवश यसरी थपिने ६ वटा नयाँ हिमाल सबै नेपालमै रहेका छन् । थपिने ६ वटा हिमालमध्ये कञ्चनजंघा हिमालवरिपरि ४ वटा र ल्होत्चे हिमाल वरिपरि २ वटा रहेका छन् । नयाँ थपिने ती ६ वटा हिमालको आधिकारिकताका लागि लगभग चार वर्षअघि नै स्विट्जरल्यान्डबाट हिमाल आरोहणसम्बन्धी प्राविधिक (हिमालसम्बन्धी विज्ञ/ज्ञाता) टोलीले नापजाँच गर्ने भनिएको भए तापनि नेपालमा घरिघरि फेरिने सरकार र सकारैपिच्छे फेरिने पर्यटनमन्त्रीका कारण सो काममा ढिलाइ हुन गयो । अझ पछिल्लो पटक विश्वव्यापी रूपमा कोरोना महामारी पैmलिएका कारण पनि सो कार्य हुन सकेको छैन । आशा गरौं, कोरोना महामारीले बिदा लिँदै गरेको र नेपालमा नयाँ निर्वाचन पनि हुँदै गरेकाले सो निर्वाचनपछि आउने सरकारले नयाँ थपिने ती ६ वटा हिमालबारे टुंगो लगाउने छ ।