नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको सहमति

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जरको सहमति भएको छ ।
संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थालाई एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षहरुले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आपसी समझदारी अनुसार समीट लघुवित्तको मर्जर स्वाप रेसियो अनुपात १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ८२ कित्ता कायम हुने बताइएको छ । मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा रामबहादुर यादव रहने बताइएको छ ।
मर्जर पश्चात हुने संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हुने सहमतिपत्रमा उल्ल्ेख छ । त्यसैगरी संस्थाको चुक्तापुँजी एक अर्ब रुपैयाा भन्दा बढी कायम हुने र ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने छ । यस्तै लगानीमा रहेको कर्जा रकम १७ अर्ब भन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशका ७४ जिल्लामा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ ।