Logo

जम्बो इको भेहिकलको तिहार अफर

नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात गरी बिक्री गर्दै आएको जम्बो इको भेइकलले चाड–पर्वलाई लक्षित गरी जम्बो अफर ल्याएको छ ।
अफरअन्तर्गत जम्बो इको भेहिकलले बिक्रीवितरण गर्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद ७ हजारदेखि ३५ हजार रुपैयाँसम्म छुट पाउनुका साथै १० लाख बराबरको दुर्घटना बीमा पाउनेछन् ।
इलेक्ट्रिकल स्कुटर को इतिहासमै पहिलो पटक यति ठूलो सुविधा दिएको बताउँछन् जम्बो इको भेहिकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपाने । लोकन्थली (जडिबुटी) भक्तपुर मा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल ७५ हजारदेखि ३ लाख २० हजारसम्म पर्ने इलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्रीवितरण गर्दै आएको छ ।
फरक–फरक मोडेलमा फरक फरक छुट भए पनि प्रत्येक साधनको खरिदमा १० लाख बराबरको दुर्घटना बीमा गरिएको न्यौपानेले बताए । जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधिका इलेक्ट्रिकल स्कुटर, इलेक्ट्रिकल साइकलका साथै शारीरिक रुपले विकलांग भएका व्यक्तिका लागि इलेक्ट्रिकल ह्विल चियर उपलब्ध गराउँदै आएको छ ।
चीनलगायत अन्य मुलुकबाट इलेक्ट्रिकललगायत अन्य सवारीसाधन आयातमा समस्या देखिए पनि जम्बो इकोले चाड पर्वलाई लक्षित गरी स्टक उपलब्ध गराएको हुँदा ग्राहकले रोजी–छानी इलेक्ट्रिकल स्कुटरहरु लोकन्थली नरेफाँटस्थित शोरुमबाट सजिलै खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्