Logo

पशुपति क्षेत्र विकास कोषलाई सिभिल बैंकको सहयोग

सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ ।
सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सचिनजङ्ग रायमाझीले उक्त ट्री–गार्डहरु पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालाई हस्तान्तरण गरे । बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षारोपणको सुरक्षाको लागि पशुपति विकास कोषलाई प्रदान गरिएको ट्री–गार्डहरुको मूल्य करिब ८ लाख रहेको छ ।
बैंकले यसअघि पनि पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा ३०० वटा ट्री–गार्डहरु सहितको बिरुवाहरु लगाई पाँच वर्षसम्म लाग्ने सम्पूर्ण खर्चहरु समेत बहन गर्दै आइरहेको छ ।
उक्त कार्यक्रममा सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रायमाझी, चिफ डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्ट, संस्थागत निक्षेपका निर्मला कँडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. थापा, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायत पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुको उपस्थिति थियो ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु पाशुपत क्षेत्रको सुन्दरता बढाउनका लागि सानै भएपनि टेवा पुर्याउन पाउँदा आफुलाई खुशी लागेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रायमाझीले बताए ।

प्रतिक्रिया दिनुहोस्