Logo

झापामा राहदानी बनाउनेको भीड

पछिल्लो समय झापामा राहदानी बनाउनेको संख्यामा वृद्धि भएको छ ।
विश्वमा महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणको दर बढेसँगै सरकारले विदेश जान रोक लगाए पनि अहिले कोरोना भाइरसको संक्रमणको दर घटेर सहज अवस्था आएसँंगै विदेश जानेको संख्यामा वृद्धि भएपछि राहदानी बनाउनेको संख्यामा पनि वृद्धि भएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय झापाबाट ११ हजार सात सय ४६ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय झापाबाट ११ हजार सात सय ४६ जनाले राहदानी बनाउँदा आठ करोड ६५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ मा ६ हजार १ सय ८८ जनाले राहदानी बनाएको र उनीहरूबाट तीन करोड ३५ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।
राहदानी बनाउन आउनेमा धेरै युवा रहेको र उनीहरू अध्ययनका लागि र वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेको उनले बताए । उनले भने, “जिल्ला प्रशासन कार्यालय झापामा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउन आउनेको संख्या बढ्दै गएको छ ।”

प्रतिक्रिया दिनुहोस्