Logo

६० हजार मेट्रिक टन रासायनिक मल आउँदै

भारतबाट ६० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने भएको छ । नेपालमा देखिएको रासायनिक मलको चरम मागको आपूर्ति सहज बनाउन भारतबाट कात्तिक मसान्तभित्र कृषि सामग्री कम्पनीमार्फत ३० हजार मेट्रिक टन र असोज मसान्तसम्ममा साल्ट ट्रेडिङ कर्पोरेशनतर्फ ३० हजार मेट्रिक टन. मल नेपाल आइपुग्ने कृषि मन्त्रालयले जानकारी गराएको छ ।
चालु आर्थिक वर्षको एक लाख मेट्रिक टन मलको ग्लोवल टेण्डर आव्हान भएको मध्ये ३० हजार मेट्रिक टन युरिया प्राप्त भई धानको टप ड्रेसिङमा प्रयोग भएको र ४० हजार मेट्रिक टन डीएपी प्राप्त भइरहेको मन्त्रालयको भनाइ छ ।
“बाँकी ३० हजार मेट्रिक टन युरिया विशाखापटनम् बन्दरगाहमा व्यागिङ भई आउने क्रममा रहेको छ,” कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भने, “३० हजार मेट्रिक टन युरिया जिटुजी प्रावधान अन्तर्गत खरिदको लागि भारतलाई खरिद अर्डर पठाएको मल उपलव्ध गराउने भारतीय कम्पनी आरसीएफलाई अग्रीम भुक्तानी दिने प्रक्रिायमा छौं ।”
साल्ट ट्रेडिङ्ग कर्पोरेशनतर्फ ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापटनम् बन्दरगाहामा नेपालको लागि लोडिङ भइरहेको र ३१ असोजसम्ममा वीरगन्ज आइपुग्ने उनले बताए । २७ हजार ५ सय मेट्रिक टन युरिया मलको खरिद सम्झौता भइसकेको र सो मल मंसिर पहिलो हप्ता नेपाल आइसक्ने उनको भनाइ छ । “२० हजार मेट्रिक टन डीएपी मल खरिदको लागि टेण्डर भई खरिद सम्झौता हुने क्रममा रहेको र सो मल मंसिर अन्तिम सम्ममा नेपाल आइपुग्ने छ” संञ्जेलले थपे ।
युरिया मेट्रिक टन ७ हजार ९ सय ८०, डिएपी मेट्रिक टन ४ हजार ४२ हजार ९ सय ९३ पोटास मेट्रिक टन ४ हजार ३ सय २२ मेट्रिक टन मौज्दात रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्