Logo

जिभीको तिहार लक्षित अफर

अनलाइन बजार जिभीले ‘बबाल तिहार सेल’ अफर सुरू गरेको छ । यस योजना अन्तर्गत ९९ रूपैयाँ, एक सय ९९ रूपैयाँ, ८० प्रतिशतसम्म छुट तथा एक रुपैयाँ खेल अफर समावेश गरिएको छ ।
सबै ९९ मा अफर अन्तर्गत ग्राहकले स्वास्थ्य, बच्चा र सौन्दर्य सम्बन्धी सम्पूर्ण समानहरू ९९ रूपैयाँमा पाउनेछन् । ८० प्रतिशतसम्म छुट अन्तर्गत जिभीमा सामान किन्दा ग्राहकले ८० प्रतिशतसम्मको छुट पाउनेछन् ।
त्यस्तै, एक रूपैयाँ खेल सबैभन्दा रमाइलो अफर छ जुन हरेक सातामा हुनेछ । यसमा भाग्यमानी विजेताले पाँच हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मको उपहारहरू जित्न सक्नेछन् ।
यो अफर २६ असोजदेखि १२ कात्तिकसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्