पञ्चकन्यामाई हाइड्रोपावरको साधारणसभा

पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा सोमबार कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त साधारणसभाले कम्पनीको आव ०७३।७४ र ०७४।७५ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र चालू आवका लागि लेखा परीक्षकको नियुक्ति गरेको छ ।
कम्पनीले इलाम जिल्लाको माइखोलामा १२ मेगावाट क्षमताको अप्पर माई सी जलविद्युत् आयोजना र ६.१ मेगावाट क्षमताको माथिल्लो माईसी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी उत्पादित विद्युत् कम्पनीले निर्माण गरेको मावु–गोदक १३२ केभी प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको गोदक सबस्टेसनको राष्ट्रिय विद्युत् प्रणालीमा जोडिएको छ ।
उक्त साधारणसभाले रिक्त रहेको सञ्चालकमा संस्थापक सेयर धनीको तर्फबाट उदिप श्रेष्ठ र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट टीकाराम निरौलालाई निर्वाचित गरेको पनि जनाएको छ ।