Logo

वर्षाको क्षतिबारे तत्काल अध्ययन गर्न निर्देशन

sf7df8f}F, @^ c;f]h . u[xdGqL afns[i0f vfF0f a’waf/ dGqfnodf cfof]lht ;’/Iff lgsfo;Fu a}7sdf ;xefuL x’Fb} . tl:a/ M rG›snf If]qL, /f;;

गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाबाट भएको क्षतिबारे तथ्य संकलन गरी तत्काल प्रश्तुत गर्न निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले यस्तो निर्देशन दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बाँके, बर्दिया र दाङ लगायतका जिल्लामा पछिल्लो समय आएको अविरल वर्षाका कारण पुगेको जनधनको क्षतिबारे अध्ययन गरी तत्काल रिपोर्ट प्रश्तुत गर्न निर्देशन दिएको बताए । उनका अनुसार गृहमन्त्री खाँणले बिहीवार नै घटनास्थलको निरीक्षण गरी प्रतिवेदन प्रश्तुत गर्न र आवश्यक राहत उपलब्ध गराउन निर्देशन दिए । प्रवक्ता पोखरेलले अपुग ठाउँमा राहत लैजान पनि निर्देशन दिएका छन् ।
प्रवक्ता पोखरेलले आसन्न निर्वाचनमा पनि आउन सक्ने विपद्को सम्भाव्यता अध्ययन गर्न र त्यसको लागि उचित व्यवस्थापन मिलाउन निर्वाचन आयोगसँग समन्वय गर्ने बारेमा छलफल भएको बताए । उनले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँदलीरहीत बनाउने बारेमा सबै सुरक्षा निकायसँग छलफल गरेको बताए । उनले निर्वाचन सुरक्षित गर्न श्रोत, साधनको कमी भए व्यवस्थापनका लागि अर्थ मन्त्रालय, निर्वाचन आयोगसँग समन्वय गरी आवश्यक सामग्री परिपूर्ति गर्न निर्देशन दिएको बताए । प्रवक्ता पोखरेलले निर्वाचनका लागि हरेक जिल्लामा विशेष सुरक्षा योजना बनाएर पठाएको र त्यसै अन्तर्गत सुरक्षा योजना तयार गर्न निर्देशन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्