Logo

पुरुष ह्याण्डबलमा गण्डकीको जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकीले तेस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा घरेलु गण्डकीले वागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । लगातार ३ खेल जितेको गण्डकीले ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे ।
विभागीय आर्मीले दोस्रो जित निकालेको छ । आर्मीले कर्णालीमाथि ५४–१४ को जित निकालेको हो । लगातार दोस्रो जित निकालेको आर्मीले महत्वपूर्ण ६ अंक जोडेको छ । आर्मीका लागि आकाश अधिकारीले सर्वाधिक ११ गोल गरे । पुरुष ह्याण्डबल खेलमा विभागीय सशस्त्र प्रहरी बलको एपीएफले लगातार तेस्रो जित निकालेको छ । एपीएपले बुधवार प्रदेश–१ माथि ३५–५ ले जितेको हो । लगातार ३ खेल जितेको एपीएफले ९ अंक जोडेको छ । एपीएफका लागि नितेश धिमाल र सुरेश आलेमगरले सर्वाधिक समान ५/५ गोल गरे ।
महिला ह्याण्डबलमा विभागीय आर्मीले दोस्रो जित निकालेको छ । आर्मीले कर्णालीलाई २३–४ को अन्तरले जित निकालेको हो । लगातार दोस्रो खेल जितेको आर्मीले महत्पूर्ण ६ अंक जोडेको छ । आर्मीकी कल्पना वलीले सर्वाधिक ६ गोल गरिन् । बिहीवारदेखि फुलकन्ट्याक्ट कराँते, हक्की (महिला तथा पुरुष), गल्फ, फुटबल (महिला तथा पुरुष) सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्