घलेद्वारा एमाल परित्याग
उम्मेदवारलाई जानकारी नदिई उम्मेदवारी फिर्ता । घलेद्वारा एमाले परित्याग

आगामी मंसिर ४ मा हुन गईरहेको निर्वाचनमा पार्टीको सिफारिसमा असोज २३ गते उम्मेदवारी दर्ता गराएका दुई उम्मेदवारलाई जानकारी नै नदिई पार्टीले फिताृ लिएको छ । यसरी पार्टीले उम्मेदवारी फिर्ता गरिएका उम्मेदवार हुन राप्रपा–एमाले गठवन्धनका धन बहादुर घले र राप्रपाका अजय कुमार रिमाल ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको आधिकारीक पत्रमा श्री धन बहादुर गघलेको नाम सिफारिस भएकोमा सो निर्वाचनमा समावेश हुन हाल यस दलको तर्फबाट इच्छा नभएको भन्ने व्यहोराको पत्र २०७९।६।२६ गते दिनको १२:५० बजे दर्ता भएको दर्ता नं.०३ मा दर्ता भएको पत्रबाट उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दिएका घले आफुलाई उम्मेदवारी फिर्ता भएपछि मात्र जानकारी भएकाले कानूनी व्यवस्था वारे कानूनविदहरुसंग सल्लाह लिने बताए । ३२ वर्ष एमालेमा रहेका काम गरे अव रहने नरहने भन्ने विषयमा पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्ताकसंग सल्लाह गदैछु । एमालेको जिम्मा धादिङ केन्द्रीय सदस्य खेम प्रसाद लोहनीले लिनु पर्छ घलेले भने । संविधान सभा सदस्य र एमाले धादिङका उपाध्यक्ष हुन । घलेले आफुलाई नसोधी पार्टीले उम्मेदवारी फिर्तालेका भन्दै ३२ वर्ष काम गरेको पार्टी परित्याग गरेको घोषण सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी गराएकाछन् ।
यसैगरी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ३७ उपदफा ३ र सम्मानित निर्वाचन आयोगको मिति २०७९।६।२६ को निर्णय तथा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यालयका च. नं. ११७।२०७९।०८० को पत्रको आधारमा मिति २०७९।६।२३ मा मनोनयन दर्ता गराएका सो पार्टीका उम्मेदवार श्री अजय कुमार रिमालले दिएको उम्मेदवारी उम्मेदवारको सुचीबाट हटाउने निर्णय गरेको निर्वाचन अधिकृतको कार्यालय महेहदोभानले जनाएको छ । उता उम्मेदवार रिमालले पार्टी अध्यक्ष ध्रुव खनालले उम्मेदवारी फिर्ता भइसकेपछि १२:५५ जानकारी दिएको रिमालले बताए । पार्टी निर्वाच समितिमा परामैश गरेर कुन उम्मेदवारलाई सघाउने वा पार्टी छा८ने निर्णय लिने उम्मेदवार रिमालले बताए ।
यसैगरी राजनीति दलका कार्यकर्ताहरुले दिएका उम्मेदवारी पनि स्वयम उपस्थित भएर फिर्ता लिएकाछन् । यसरी फिता लिनेमा प्रतिनिधि सभा १ ख का उम्मेदवार शालिकराम अर्याल र ज्ञानेन्द्र प्रसाद सिल्वाल रहेकाछन् । प्रतिनिधि सभा २ का उम्मेदवार नेपाली काग्रेसका पूर्व सभापति रमेश धमला, राप्रपा केन्द्रीय सदस्य परशुराम तामाङ र नेपाल मजदुर सिान पार्टीका चक्र बहादुर शाह रहेकाछन् । प्रतिनिधि सभा २ क का उम्मेदवार राप्रपाका उम्मेदवार नारायण प्रसाद पोख्रेल रहेकाछन् ।
तस्वीर :
१. धादिङ प्रतिनिधि सभा २ ख का एमालेबाट उम्मेदवार बनेका धन बहादुर घले
२ धादिङ प्रतिनिधि सभा १ का राप्रपाबाट उम्मेदवार बनेका अजय कुमार रिमाल