चौधरी ग्रुपको मेजु स्मार्टफोनहरू नेपाली बजारमा

चौधरी ग्रुपले आफ्नो बहुप्रतिक्षित फ्ल्यागसिप डिभाइस मेजु प्रो सेभेन सार्वजनिक गरेको छ । मेजु प्रो सेभेनका साथमा कम्पनीले नेपाली बजारमा एमसिक्स तथा एमफाइभ एस पनि सार्वजनिक गरेको जनाएको छ । चिनियाँ स्मार्टफोनहरूको बढ्दो आकर्षणलाई ध्यानमा राखेर चौधरी ग्रुपले नेपाली उपभोक्ताहरूलाई सुविधा दिनका लागि यी स्मार्टफोनहरू विश्वसनीय तथा भरपर्दो माध्यमबाट उपलब्ध गराएको पनि जनाएको छ । मोबाइल डिभाइस सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै, चौधरी ग्रुपका मोबाइल डिभिजन बिजनेस युनिट हेड रमेश श्रेष्ठले यी स्मार्टफोनहरू एकीकृत आकर्षक डिजाइन र उच्चक्षमतावान हार्डवेयरका साथमानिर्माण गरिएका छन् जसले अत्युत्तमयूजर एक्सपेरियन्स प्रदान गर्ने बताए ।
प्रो सेभेनमा आकर्षक एमोलेड रियर डिस्प्ले राखिएको छ, जसले तपाईँलाई आफ्नो नोटिफिकेसन्स व्यवस्थित गर्न सहयोग गर्छ, तपाईँले सुनिरहेको संगीतलाई देखाउँछ, र रियर डिस्प्लेमा हेर्दै रियर क्यामराहरूमार्फत आकर्षक सेल्फी खिच्न सक्नेछन् । यस्तै, सहज रूपमा सुन्दर क्षणहरूलाई खिच्नका लागि डिभाइसमा सोनीआईम्याक्स ३८६ सेन्सर भएको १२ मेगापिक्सेलको ड्युल रियर क्यामरा रहेको पनि कम्पनीले जनाएको छ । प्रो सेभेन बजारमा कालो रंगमा ४७ हजार ४ सय ९९ मा उपलब्ध छ तोकिएको छ । यस्तै कम्पनीका अनुसार मेजु एमफाइभएसको मूल्य १८ हजार ७ सय ९९ छ ।