Logo

धादिङमा राप्रपा–एमाले गठवन्धन

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएकाहरुले फिर्ता लिन चाहे लिन पाउने समय मित्र धादिङ प्रतिनिधि २ का उम्मेदवारहरुले फिर्ता लिएकाछन् । नेपाल कम्युनिष्ट पार्टी एमाले र राष्ट्रिय पजातन्त्र पार्टीले असोज २३ मा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको थियो । राप्रपा र एमालेको आंशिक गठवनधन भएकोले धादिङ जिल्लाका दुवै प्रतिनिधि सभा र चारवटै प्रदेश सभामा राप्रपा र एमाले गठवन्धन गरेको राप्रपाका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री परशुराम तामाङले बताए । राप्रमाको तर्फबाट मैले धादिङ प्रतिनिधि सभा २ मा उम्मदवारी दिएको थिए । उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार खेम प्रसाद लोहनीलाई समर्थन गरेको छु । आज उम्मेदवारी फिर्ता लिन नपाउनु हुनेहरुले पनि एमालेलाई समथएन गर्नु हुने छ । धादिङ प्रतिनिधि सभा २ ख मा राप्रपाले एमालेको समर्थन पाएको छ । अव हामी संयुक्त कार्यक्रम बनाएर जनता समक्ष जान्छौ तामाङले बताए ।
राप्रपासंग एमालेले गठवन्धन गर्ने केन्द्रिय नीति अनुसार नै धादिङ जिल्लामा पनि गठवन्धन गरेको एमाले जिल्ला सचिव अर्जुन कुमार श्रेष्ठ (गार्खाली) ले बताए । सचिव गार्खालीका अनुसार धादिङ प्रतिनिधि सभा २ ख मा एमालेका जिल्ला उपाध्यक्ष एंव संविधान सभा सदस्य धन बहादुर घलेले प्रदेश सभा सदस्यका लागि दिनु भएको उम्मेदवारी फिर्ता लिनु भयो । र राप्रपाका उम्मेदवार डम्वर बहादुर तामाङलाई समर्थन गरेकाछौ । प्रदेश सभा क मा नारायण प्रसाद पोख्रेलले उम्मेदवारी फिर्ता लिए एमालेका उम्मेदवार बागमति प्रदेश सरकारका पूर्वमन्त्री डाक्टर रामकुमार अधिकारीलाई समर्थन गर्नु भएको बताए । अव एमाले र राप्रपा संयुक्त रुपमा मतदाता समक्ष जान्छौ सचिव श्रेष्ठले बताए ।
धादिङ प्रतिनिधि सभा १ मा अजय प्रसाद रिमालले उम्मेदवारी दर्ता गराएकाछन् थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्दीय कार्यालयबाट उम्मेदवारी फिर्ता लिएको पत्र आएपछि प्रतिनिधि सभा १ का सदस्यका उम्मेदवार रिमालको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतको कार्यालय श्रोतले बतायो । प्रदेश सभा १ क मा गिता प्रसाद आर्चायले र प्रदेश सभा १ ख मा जीत वहादुर भण्डारीले उम्मेदवारी दिएकाछन् । उम्मेदवारी भण्डारीसंग सम्र्फक गर्दा उम्मेदवारी फिर्ता लिन विषयमा नेर्तत्वबाट केही जानकारी नआएको बताए ।
तस्वीर :
१. धादिङ प्रतिनिधि सभा २ का उम्मेदवार खेम प्रसाद लोहनी
२. धादिङ प्रतिनिधि सभा २ प्रदेश सभा (क) का उम्मेदवार डा रामकुमार अधिकारी
३ धादिङ प्रतिनिधि सभा २ प्रदेश सभा (ख) का उम्मेदवार डम्बर बहादुर तामाङ

प्रतिक्रिया दिनुहोस्